अन्य

दुई सय २० जनाको निःशुल्क आँखा शल्यक्रिया

15 Shares

गौशाला, १४ पुस । महोत्तरी गौशाला नगरपालिकामा आयोजना गरिएको निःशुल्क आँखा शिविरमा २२० जनाको निःशुल्क शल्यक्रिया गरिएको छ । 

जानकी आँखा अस्पताल जनकपुरधामको सहयोग र प्राथमिक उपचार केन्द्र गौशालाको आयोजनामा सञ्चालित सो निःशुल्क शिविरमा २२० जनाको निःशुल्क शल्यक्रिया गरिएको डा. रमेश सिंहले बताए । 

गौशालास्थित त्रिभुवन उमाविको प्रांगणमा सञ्चालित सो शिविरमा गौशाला, बर्दिवास र भंगहा नगरपालिकाका एक हजार भन्दा बढी व्यक्ति आँखाको उपचारका लागि आएका थिए । रासस

प्रकाशित: १४ पुस २०७४ १२:०७ शुक्रबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी