सचिवालयको निर्णय प्रधानमन्त्रीले पनि मान्नु पर्छ – प्रचण्ड

सचिवालयको निर्णय प्रधानमन्त्रीले पनि मान्नु पर्छ – प्रचण्ड


चितवन । नेपाल कम्युनष्टि पार्टी(नेकपा) संचिवालयले गरेको निर्णय पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मान्नुपर्ने अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बताएका छन् ।

शुक्रबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गत बुधबार नेकपा सचिवालय बैठकले नेकपा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्ने सिफारिस सर्वसम्मत भएकाले प्रधानमन्त्री ओलीले पनि मान्नुपर्ने उनको भनाइ छ ।

उनले भने–‘राष्ट्रिय सभा सदस्यका लागि सचिवालय बैठकले बामदेव गौतमलाई सर्वसम्मत पठाउने निर्णय गरेको छ । अहिले केही विवाद देखिए पनि छिट्टै हल हुन्छ ।’ सचिवालयले गरेको निर्णय नै आधिकारिक हुने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ र पार्टी महासचिव विष्णु पौडेलले बताइसकेका छन् ।

यही फागुन २० गते १९ जना राष्ट्रिय सभा सदस्यको पदावधि सकिदै छ । जसमा १८ जना गत माघ ९ गते भएको निर्वाचनबाट निर्वाचित भएर आएका छन् । बाँकी १ जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले सिफारिस गर्ने संवैधानिक व्यवस्था छ । सोही १ जना राष्ट्रपतिले नियुक्त गर्ने सदस्यमा नेकपाभित्र विवाद बढ्दै गएको छ ।

Logo