पूर्वउपप्रधानमन्त्री मैनाली सवारी दुर्घटनामा, हेलिकोप्टरबाट काठमाडौं ल्याईंदै

पूर्वउपप्रधानमन्त्री मैनाली सवारी दुर्घटनामा, हेलिकोप्टरबाट काठमाडौं ल्याईंदै


काठमाडौं ।

पूर्वउपप्रधानमन्त्री एवं नेकपा (माले) का महासचिव सीपी मैनाली चढेको गाडी दुर्घटनामा परेको छ ।

आज दिउसो १२ बजेर ५ मिनेटमा झापाबाट काठमाडौं आउने क्रममा उनी चढेको बा ४ च २१२० नम्बरको कार विपरीत दिशाबाट आएको ना४ख ७६६८ गाडीसँग बर्दिवासमा ठोक्किएको थियो । दुर्घटनामा मैनाली र उनका चालक घाइते भएका छन् ।

उनको गाडीमा ५ जना सवार रहेकोमा अरुको अवस्था सामान्य रहेको र मैनालीको भने निधार र ओठमा गम्भिर चोट लागेको छ । उनको दायाँ गोडा फ्याक्चर भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए । उनको हाल स्थानिय अस्पतालमा उपचार भइरहेको र केहीबेरमा काठमाडौं ल्याउनका लागि हेलिकोप्टर बोलाइएको पनि खत्रीले बताए ।

मैनाली चढेको गाडीलाई ठक्कर दिने अर्को गाडीमा सवार रहेका केहि यात्री घाइते भएका छन् । चालकलाई नियन्त्रणमा लिइएको छ । थप विवरण आउन बाँकी छ ।

Skip This
Logo