इरानी उपस्वास्थ्यमन्त्री पनि कोरोना संक्रमणमा

इरानी उपस्वास्थ्यमन्त्री पनि कोरोना संक्रमणमा


तेहरान ।

इरानमा कोरोना भाइरसको संक्रमण जटिल बन्दै गएको इरानी स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बताएका छन् । इरानका उपस्वास्थ्य मन्त्रीलाई नयाँ कोरोना भाइरस संक्रमण भएको मन्त्रालयका एक अधिकारीले जनाए ।

इस्लामिक गणतन्त्र इरानमा कोरोना भाइरसले ठूलो प्रकोपको रूप लिइसकेको उनको भनाई छ । इरानमा उच्च अधिकारीमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको यो पहिलो घटना हो ।

स्वास्थ्य मन्त्रीका सञ्चार सल्लाहकार अलिरेजा वाहबजादेहले ट्वीटमा भने, ‘कोरोना भाइरसविरूद्ध अग्रमोर्चामा रहेर संक्रमित अन्य नागरिकको सहयोगमा जुटिराखेका उपस्वास्थ्यमन्त्री इरज हरिर्चीको कोरोना भाइरस संक्रमण परीक्षण भएको र परीक्षणमा संक्रमण पुष्टि भएको छ ।’

वाहबजादेहका अनुसार उपस्वास्थ्यमन्त्री हरिर्चीले सरकारका प्रवक्ता अलि रबिएसँगै गरेको पत्रकार सम्मेलनका दौरानमा पटक पटक खोकेका थिए भने पसीना बगाएको देख्न सकिन्थ्यो । यस्तै लक्षणका आधारमा उनलाई अस्पताल पु¥याइएको थियो ।एजेन्सी

Logo