रवीन्द्र अधिकारी चढेको हेलिकप्टरको अगाडि सिटमै ३ जना सवार (भिडियोसहित)

रवीन्द्र अधिकारी चढेको हेलिकप्टरको अगाडि सिटमै ३ जना सवार (भिडियोसहित)


तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्व. रवीन्द्र अधिकारी सवार एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुनुमा खराब मौसम र व्यवस्थापकीय कमजोरी रहेको पाइएको छ ।

पूर्व सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा गठित छानविन समितिले बुझाएको प्रतिवेदनमा खराब मौसम र केही व्यवस्थापकीय कमजोरीले दुर्घटना भएको उल्लेख छ । खराब मौसममा पाइलटले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

पाथिभरा क्षेत्रको मौसम खराब हुँदा सोही समयमा ताप्लेजुङ एयरपोर्ट समेत बन्द भएको र भिजिबिलिटी नै २ किलोमिटर हुँदा टावर बन्द भएको जनाएको छ । समितिले उक्त हेलिकप्टर जमिन छाडेको ३५ सेकेन्डमै दुर्घटनामा परेको निष्कर्ष निकालेको छ।

प्रतिवेदनमा  बिहानको ११:४५ मा हेलिकप्टर पाथिभरा अवतरण गरेको र हेलिकप्टर १२:३४ मा दुर्घटनाग्रस्त भएको  उल्लेख छ । सातजना सवार उक्त हेलिकप्टरमा अगाडि पाइलटसहित ३ जना यात्रु बसेका थिए । विमानस्थलमा बुझाएको पत्रमा भने अगाडि २ र पछाडि ५ जना बस्ने  भनिएको थियो ।

प्रतिवेदनका अनुसार तेह्रथुम पुग्दा २४० केजी इन्धन बाँकी र पाथिभराबाट हिड्दा १९५ केजी बाँकी रहेको हुनसक्ने देखिएको छ। काठमाडौं टावरलाई हेलिकप्टरको उडान काठमाडौं-तेह्रथुम-काठमाडौंका लागि निर्धारित थियो । तर, पाथिभरा उडानको बारेमा जानकारी नभएको पाइएको छ ।

तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि पुगेको मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर काठमाडौं फर्किने क्रममा फागुन १५ गते ताप्लेजुङको दारेभीरमा हेलिकप्टर दुर्घटनामा परेको थियो । दुर्घटनामा तत्कालिन पर्यटनमन्त्री अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो । हेरौं यो भिडियोमा

 

Logo