११ असोज २०७९ मंगलबार
1
1
1
1

0 Shares

दशगजा नजिक बाघको आक्रमणबाट दुई महिला गम्भीर घाइते

1
1
1
1

बर्दिया, १९ पुस | बाघको आक्रमणबाट आज दिउँसो दुई महिला गम्भीर घाइते भएका छन् । 

दशगजा नजिकको जंगलमा घाँस काटन गएका बेला बाघको आक्रमणमा परी गुलरिया नगरपालिका–३ खैरापुरकी ४० वर्षीया मुन्नी साबुरी र ३० वर्षीया सरिता गोडिया घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । 

बाघको आक्रमणबाट घाइते दुवै महिलाको घाँटी र टाउकोमा ठूलो घाउ लागेको छ । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल गुलरिया लगिएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित: १९ पुष २०७४ १८:०८ बुधबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी