काठमाडौं ।

युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले जाति व्यवस्थाले दलित समुदायलाई मात्र नभएर स्वयं व्राम्हण जातिलाई समेत पिरोलेको बताएका छन् । "/>

जाति व्यवस्थाले ब्राम्हणलाई पनि सताएको मन्त्री विश्वकर्माको दावी

जाति व्यवस्थाले ब्राम्हणलाई पनि सताएको मन्त्री विश्वकर्माको दावी


काठमाडौं ।

युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले जाति व्यवस्थाले दलित समुदायलाई मात्र नभएर स्वयं व्राम्हण जातिलाई समेत पिरोलेको बताएका छन् । नेपाली समाजमा कुनै खालखण्डमा निर्मित यो व्यवस्थाले ब्राम्हण र क्षेत्री जातिभित्रै तहीकरण गरेकोले उनीहरुमा पनि विभेद सिर्जना गरेको बताए ।

‘बाहुनमा पनि उपाध्याय र जैसी जाति वीच पानी बाराबारको स्थिति देखिन्छ,यसको अन्त्य नभएसम्म कोहीलाई समानताको अनुभूति हुँदैन’मन्त्री विश्वकर्माले भने । आइतवार क्रियाशिल दलित पत्रकारसितको एक छलफल कार्यक्रममा मन्त्री विश्वकर्माले यस्तो जनाएका हुन् ।

तहीकरण गर्दा एक अर्कावाट कुनै न कुनै तहमा प्रताडित हुनु परेकोे उनले बताए । यो समग्र जातिव्यवस्थाको अन्त्यको लागि समाज र राज्य दुवैवाट रुपान्तरण आवश्यक रहेको उनले औंल्याए । सामाजिक रुपान्तरणमा मिडिया जगतको भूमिका उत्तिकै महत्पुर्ण रहेकोले दलित संचारकर्मीको एकताले थप योगदान पुग्ने मन्त्री विश्वकर्माले बताए ।

सोही क्रममा क्रियाशिल पत्रकार संघ नेपालकी अध्यक्ष पवित्रा सुनारले संघको माध्यमवाट समाजमा विद्यमान जातीय विभेदको मुद्दामा योगदान पु¥याउन संगठित भएको बताइन् । ‘जातीय मुद्दालाई हाम्रो एकताले मुलप्रवाहीकरण गर्न सहयोग पुग्छ भन्ने हाम्रो मान्यता हो’ अध्यक्ष सुनारले भनिन् । कार्यक्रममा संघका उपाध्यक्ष टकिाराम सुनार,सचिव विश्वास खड्गाथोकी र कोषाध्यक्ष विष्णु विश्वकर्माले संघ मार्फत सामाजिक रुपान्तरणमा भूमिका निर्वाह गर्ने बताए ।

Logo