धुर्मुसको पहलमा यसरी निर्माण हुँदैछ गौतमबुद्ध रंगशाला (भिडियोसहित)

धुर्मुसको पहलमा यसरी निर्माण हुँदैछ गौतमबुद्ध रंगशाला (भिडियोसहित)


काठमाडौं ।
धुर्मुस–सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि गत माघ १९ गते एक कार्यक्रम आयोजना गरेर डोजर चलाउन सुरु गरेका थिए । सोही दिन अर्थात् गत माघ १६ गते नै फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच दुई बर्षभित्र रंगशाला निर्माण सम्पन्न गरिसक्ने सम्झौता भएको थियो ।

गौतमबुद्ध रंगशाला २० बिघा ६ कठ्ठा जग्गामा बनिरहेको छ । आँखाले नभ्याउने निलो जस्ताले बारेको ठूलो कम्पाण्ड भित्र रंगशाला निर्माण कार्य भइरहेको छ । हालसम्म रंगशालामा ड्रेनको कार्य सकिएको छ । ग्राउण्डको कार्य भईरहेको छ ।

ठूलो संख्यामा कामदारहरु खटाउनु पर्ने भएकाले रंगशालाको अनुमानित लागत ३ अर्ब राखिएको छ । रंगशालाभित्र क्रिकेट मैदान मात्र नभई फुटबल, बास्केटबल, डण्डीबियो, स्वीमिङ्ग, ब्याडमिन्टन लगायत थुप्रै खेल खेल्ने अन्तर्राष्ट्रियस्तरका स्टेडियमहरु पनि बन्दैछन् । हेरौं यो भिडियोमा :

Logo