खप्तड गोल्डकप फुटबल : एपिएफ क्वाटरफाइनलमा प्रवेश

खप्तड गोल्डकप फुटबल : एपिएफ क्वाटरफाइनलमा प्रवेश


धनगढी ।
धनगढीमा जारी ‘नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप फुटबल प्रतियोगिता’ को शनिबार भएको खेलमा विभागीय टिम एपिएफले ए डिभिजन टिम एनआरटीलाई पराजित गरेको छ ।

जितसँगै एपिएफ क्वाटरफाइनल प्रवेश गरेको छ । सुदूरपश्चिम–११ स्पोर्टस क्लबको आयोजनामा भइरहेको ठूलो धनराशी पुरस्कारको यो प्रतियोगिताको खेलमा न्यूरोड टिम एनआरटीलाई २–१ गोल अन्तरले पराजित गर्दै एपिएफ अन्तिम आठमा पुगेको हो । एपिएफलाई जित दिलाउन रमेश दङ्गाल र विकु तामाङले एक÷एक गोल गरे । एनआरटीको लागि दर्शन गुरुङले एक गोल गर्न सके । खेलको ३९ औँ मिनेटमा दर्शनले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए ।

कप्तान प्रकाश बुढाथोकीले मिलाएको पासलाई दर्शनले डिबक्स भित्रबाट पहिलो बारमा सुन्दर गोल गरेका थिए । दोस्रो हाफमा भने एपिएफ खेलमा फर्कियो । खेलको ६१ औँ मिनेटमा रमेशले गोल गर्दै एपिएफलाई १–१ गोलको बराबरीमा पु¥याए । सुदीप शिख्राकारको कर्नरमा अनमार्क रहेका डिफेन्डर रमेशले हेड गोल गरे । त्यसपछि खेलको ६७ औँ मिनेटमा वैकल्पिक खेलाडी विकुले गोल गर्दै एपिएफलाई २–१ को जित दिलाए ।

कप्तान टोपबहादुर विष्टले प्रहार गरेको रिवाउण्ड बलमा विकुले गोल गरेका थिए । खेलको ‘म्यान अफ दि म्याच‘ एपिएफ रमेश दङ्गाल घोषित भई पुरस्कृत भए । अब एपिएफले सेमिफाइनल प्रवेशका लागि नेपाल पुलिस क्लबको सामना गर्नेछ ।

Logo