एलन मस्क बने संसारकै धनी व्यक्ति

एलन मस्क बने संसारकै धनी व्यक्ति


टेस्लाका मुख्य कार्यकारी अधिकारी एलन मस्क संसारका सर्वाधिक धनाढ्य व्यक्ति बनेका छन् ।

अमेजनका जेफ बेजोसलाई पछि पार्दै उनी सबैभन्दा धनी बनेका हुन् । एलन मस्कको कूल सम्पत्ति १८८ बिलियन अमेरिकी डलरभन्दा बढी भएको छ । जुन जेफ बेजोसको कूल सम्पत्ति १८७ भन्दा एक बिलियन डलर बढी छ ।

इलेक्ट्रिक कार बनाउने कम्पनी टेस्लाका मालिक एलन मस्कले अमेजनका मालिक जेफ बेजोसलाई दोस्रो स्थानमा धकेलिदिएका छन् । बेजोस सन् पछिल्लो पटक सन् २०१७ मा संसारकै धनी व्यक्ति बनेका थिए ।

संसारका लागि सन् २०२० जस्तोसुकै रहेपनि एलन मस्कका लागि पछिल्लो १२ महिना निकै शानदार रह्यो । लगभग २७ बिलियन अमेरिकी डलरसहित सन् २०२० को सुरुवात गरेका मस्कले आफ्नो सम्पत्तिमा १५० बिलियन वृद्धि गर्न सफल भएका हुन् ।

Logo