१७ वर्षे किशोरीलाई विवाहको आश्वासन दिएर बलात्कार

१७ वर्षे किशोरीलाई विवाहको आश्वासन दिएर बलात्कार


तुलसीपुर ।

बलात्कारपछि फरार तुलसीपुरका एक युवकलाई प्रहरीले पक्राउ गरेकोे छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौर निबासी शमिर वली रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा प्रवक्ता चक्र डम्बर पालले जानकारी दिए ।

वलीले १७ बर्षीया एक किशोरीलाई विवाह गर्ने आशा देखाएर करिब एक महिना आफूसँगै राखेर यौन शोषण गरेका थिए । वली बिरुद्ध किशोरीलाई जबरजस्ती करणी गरेको भन्दै मुद्दा दायर भएको थियो । मुद्धा दायर भए लगत्तै उनी भागेका थिए ।

उनलाई प्रहरीले शनिबार पक्राउ गरि आइतबार सार्वजनिक गरेको थियो । उजुरी गर्नेहरुले वलीले किशोरीलाई एक महिनापछि कुटेर घरवाट निकालेको जाहेरी दिएका छन् ।
राजधानीबाट

Logo