अन्य

८ वर्षपछिको सबैभन्दा कम, काठमाडौंको तापक्रम शून्य डिग्रीमा झर्यो

15 Shares

काठमाडौं ।

८ वर्षपछि काठमाडौंको तापक्रम शून्य डिग्रीमा झरेको छ । अघिल्लो वर्ष काठमाडौंको न्यूनतम तापक्रम ०.४ सम्म झरेको थियो । यो भन्दा पहिलो सन् २०१० मा काठमाडौँको तापक्रम शून्य डिग्रीमा झरेको थियो ।

तापक्रम घटेसँगै काठमाडौंमा निकै चिसो महसुस भएको छ । यसअघि पुस २० गते तापक्रम १.५ डिग्री सेल्सियस मापन भएको थियो ।

आकाशमा बादल नहुँदा र घाम नलाग्दा काठमाडौंको चिसो सन् २०१० पछिकै धेरै भएको महाशाखाका मौसमविद् वरुण पौडेलले बताए ।

उत्तर–पश्चिम वायु चलिरहेकाले अबको २–३ दिन काठमाडौंको न्यूनतम तापक्रम शून्यकै वरिपरि रहने प्रक्षेपण पौडेलको छ ।

महाशाखाका अनुसार, काठमाडौंमा सन् १९७८ मा अहिलेसम्मकै कम माइनस ३.५ डिग्री तापक्रम मापन भएको थियो । काठमाडौंको तापक्रम सन् १९७८ पछि सन् २००० मा माइनस ३ मापन भएको थियो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, सबैभन्दा चिसो जुम्लामा छ । आइतबार बिहान ८ः४५ बजे यहाँको तापक्रम माइनस ८ दशमलब ७ डिग्री सेल्सियस मापन भएको छ । काठमाडौंपछि सबैभन्दा कम तापक्रम दाङ, दीपायल र वीरेन्द्रनगरमा रहेको मौषम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सम्बन्धित समाचार 

चिसोका कारण सिरहामा एक नाबालकसहित तीन जनाको मृत्यु

शीतलहर र चिसो हावाका कारण सप्तरीमा दुई जनाको मृत्यु

प्रकाशित: २३ पुस २०७४ १०:३० आइतबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी