सरकारले सङ्घीयता र लोकतन्त्र सुदृढीकरणमा ध्यान दिएन : उपसभापति निधि

सरकारले सङ्घीयता र लोकतन्त्र सुदृढीकरणमा ध्यान दिएन : उपसभापति निधि


बागलुङ।
नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले सङ्घीयता र लोकतन्त्र सुदृढीकरण गर्न ध्यान नदिएको आरोप लगाएका छन् ।

नेपाली काँग्रेस बागलुङ क्षेत्र नं १ ले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले सरकार सङ्घीयताको सिद्धान्त र भावना अनुरुप चल्न नसकेको बताए ।

“प्रधानमन्त्रीले दुई वर्षसम्म एउटै पार्टीको सरकार चल्यो भन्नुभयो । यस्तो प्रगति हुँदैन । जनताले के को आशा गर्ने,”उपसभापति निधिले भने । पूर्वगृहमन्त्रीसमेत रहेका उनले दुई वर्षमा काँग्रेसका पालामा गरेका गतिविधिको रिबन काट्ने बाहेक अन्य काम सरकारले नगरेको बताए ।
रासस

Logo