लोकगायक नवराज घोरासैनीको झम्के साँझै बजारमा (भिडियोसहित)

लोकगायक नवराज घोरासैनीको झम्के साँझै बजारमा (भिडियोसहित)


काठमाडौं ।

डिएआर मुभिजले झिल्के गायक नवराज घोरासैनी र आँसु मगरको स्वरमा सजिएको झम्के साँझै लोक दोहोरी गीत बजारमा ल्याएको छ ।

डिएआर मुभिजको अफिसियल युटुव च्यानलबाट बजारमा आएको झम्के साँझैमा लय, शब्द माधव बहादुर थापाको छ भने संगीत संयोजन हेमन्त शिशिरको रहेको छ ।

कजिश श्रेष्ठको निर्देशनमा बनेको भिडियो मा जीवन खड्का, अलिना देउजा लोमश शर्मा, कजिश श्रेष्ठ ले अभिनय गरेका छन् । क्यामेरा अजय रेग्मी ले लिएका छन्, भने दिपक बिस्टले सम्पादन गरेका छन् ।

गायक नवराज घोरासैनीको केहि समय अगाडी मिर्मिर कपालैमा बजार आएको थियो । गीतको भिडियो :

Logo