हिमपहिरोमा परी सात जनाको मृत्यु

हिमपहिरोमा परी सात जनाको मृत्यु


काबुल ।

अफगानिस्तानको एक प्रान्त दायकुन्डीमा आएको हिमपहिरोमा परी एकै परिवारका चार सदस्यको मृत्यु भएको छ ।

हिमपहिरोमा परी घाइते भएका सोही परिवारका अन्य एक जनालाई उद्धार गरिएको छ । त्यस पहिरोमा परी दुई जना बेपत्ता भएका प्रान्तीय सरकारका प्रवक्ताले बताए ।

दुर्गम स्थानमा रहेको मिरामुर जिल्लाको हेसर गाउँमा यो घटना भएको बताइएको छ । बुधवार अवेर घर हिमपहिरोले पुरिएपछि एक परिवार प्रभावित भएको सरकारका प्रवक्ता सकीना एहसानीले सिन्ह्वालाई बताए ।

स्थानीय गाउँलेहरुले चार जनाको लास भेट्टाएको र त्यहि परिवारका एक सदस्य घाइते भएका र उनलाई उद्धार गरेको बताइएको छ ।

अफगानिस्तानको राजधानी काबुलबाट २९० किलोमिटर पश्चिममा रहेको सो प्रान्तमा बुधबारको हिमपहिरोमा परी चार जनाको मृत्यु भएको तथा सोही दिन छिमेकमा पर्ने प्रान्तमा अन्य तीनको मृत्यु भएपछि यो सङ्ख्या सात पुगेको छ ।
रासस

Logo