९ जेठ २०७९ सोमबार
1
1
1
1

0 Shares

डा. केसीलाई तारेखमा रिहा गर्न सर्वोच्चको आदेश

1
1
1
1
1
1

काठमाडौं । अदालतको मानहानी गरेको आरोपमा सोमबार पक्राउ परेका डा. गोविन्द केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।

केसीलाई वकिलको जिम्मामा रिहा गर्न आदेश दिएको हो । साथै डा. केसीले लगाएका आरोपबारे अध्ययन गर्न प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्र पनि मगाउन आदेश दिएको छ ।

अदालतको अवहेलना मुद्दा लागेका डा. गोविन्द केसीले बयानका क्रममा पराजुलीको दुई वटा नागरिकता रहेको र एसएलसी पास भए नभएको विवाद भएको बताएका थिए । उनले इजलासमा उपस्थित भएर पनि त्यही अडान राखे ।

न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले बुधबार प्रधानन्यायाधीश पराजुलीका नाममा काठमाडौं जिल्ला अदालतबाट लिएको दुबै नागरिकताको प्रतिलिपि, न्याय परिषद्बाट उमेरबारे भएको निर्णय र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपिहरु झिकाउन आदेश दिएको हो ।

साथै पराजुलीसहितको इजलासले आईओएमको डीनमा डा. शशी शर्मालाई पुनर्वहाली गर्न दिएको आदेशको मिासिल पनि झिकाउन भनिएको आदेशमा उल्लेख छ ।

न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले डा. केसीलाई अधिवक्ता सुरेन्द्र भण्डारीको जिम्मामा छाडी बाँकी कारबाही अघि बढाउन भनेको हो ।

प्रकाशित: २६ पुष २०७४ १८:३५ बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी