आफ्नै कामदारले मुना कार्कीकाे हत्या गरेकाे पुष्टि

आफ्नै कामदारले मुना कार्कीकाे हत्या गरेकाे पुष्टि


काठमाडौं- सानेपास्थित आज बिहान मुना कार्कीकाे हत्या उनकै घरमा काम गर्ने विजय चौधरीले गरेको पाइएको छ।

घरमा जडान भएको सिसिटिभी फुटेजमा देखिएकाे दृश्यानुसार मुना कार्कीलाई पिर्काले हानेर हत्या गरेको देखिएको हो। उनका श्रीमान् तथा पूर्वसचिव अर्जुन कार्की घरमा नभएकाे अवस्थामा उनकाे हत्या भएकाे हाे ।

यसपछि भने चौधरीले आफैंले आत्महत्या समेत गरेको सिसिटिभी फुटेजमा देखिएको अनुसन्धानमा संलग्न एक प्रहरीले जानकारी दिएका छन्।

सोमबार घरमा कोही पनि नभएको अवस्थामा कामदार चौधरीले मुना कार्कीमाथि आक्रमण गरेका थिए। यसपछि भने उनी आफैंले समेत आत्महत्या गरेका थिए।

पूर्वसचिव कार्की पूजा गर्न पशुपति मन्दिर गएको र घरमा रहेकी अर्की कामदारसमेत कार्कीका छोरालाई विद्यालय पुर्‍याउन गएका बेला हत्या भएको प्रहरीको भनाइ छ।

 

Skip This
Logo