सय दिनमा सांस्कृतिक संस्थानको रुप फेरिन्छ : महाप्रवन्धक राई

सय दिनमा सांस्कृतिक संस्थानको रुप फेरिन्छ : महाप्रवन्धक राई


काठमाडौं ।
सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) लाई एक सय दिनभित्र फरक र कार्यमूखी सांस्कृतिक संस्थान बनाउने महाप्रवन्धक अशोककुमार राईले उद्घोष गरेका छन् । संस्थानको महाप्रबन्धकमा नियुक्त भएको एक महिनापछिनै राईले सांस्कृतिक संस्थानको कार्य स्वरुप बदल्ने बताएका हुन् ।

महाप्रवन्धक राईले ‘राज्य झल्किने’ कार्यक्रम गरिने पनि दाबी गरे । उनले संस्थानलाई डिजिटाइज्ड गर्ने र डिजिटल ई लाईव्रेरीको व्यवस्थापन गरि संस्थानमा अध्ययन गर्न आउनेका लागि अध्ययन कक्ष समेत निर्माण गर्ने बताए । उनले साँस्कृतिक प्रवर्धनका लागि विभिन्न मुलुकमा साँस्कृतिक अध्ययनको तयारी भइरहेको पनि जानकारी दिए । संस्थानले ३७ मुलुकमा साँस्कृतिक सहचारी नियुक्तको लागि प्रकृया अगाडि बढाउने तयारी भएको पनि बताए । नेपाल भ्रमण वर्षलाई लक्षित गरि संस्थानले आगामी चैत्र मसान्तसम्म साँस्कृतिक प्रस्तुती शुभारम्भ गरिने र सातवटै प्रदेश समेटेर राष्ट्रिय लोक साँस्कृतिक महोत्सव आयोजना गर्ने योजना समेत सार्वजनिक गरेका छन् ।

३३ करोड सरकारको ऋण बोकिरहेको साँस्कृतिक संस्थानले कसरी आर्थिक व्यवस्थापन गर्दै सांस्कृतिक संस्थानलाई ी चुस्त र दुरुष्त राख्न सकिन्छ भन्ने पत्रकारहरुकले जिज्ञासा राखेका थिए । जिज्ञासाबारे बोल्दै संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारीले साँस्कृतिक संस्थान सरकारकै भएको र ऋण पनि अर्थ मन्त्रालयबाट लिएको हुनाले संस्थानलाई सुदृढ बनाउन भवन बनाउँदा लिइएको उक्त ऋण मिनाहा गर्नुपर्ने बताए । त्यसको लागि मिडियाबाट सरकारलाई ध्यानाकर्षण गर्न चाहेको उनको भनाई थियो ।

संस्थानका वरिष्ठ नाटक प्रवन्धक प्रभाकरदेव शर्माले संस्थानलाई आत्मनिर्भर गराउने कार्यक्रमहरुको डिजाइन गर्नुपर्ने र ऋणभार दायित्व कम गर्दै लानेगरि काम गर्न आवश्यक रहेको बताए । कार्यक्रममा संस्थानका भौतिक संरचना सीएम ट्रेडिङलाई कौडीको भरमा भाडामा दिएको भन्दै प्रश्न उठेका थिए । यस विषयमा महाप्रवन्धक राईले सीएम ट्रेडिङ र संस्थानको हितमा हुने गरि सीएम ट्रेडिङसँग सम्झौता पुनरावलोकन गरिने बताए । उनले कर्मचारीका लागि मात्र २ करोड रुपैयाँ पारिश्रमिक बापत खर्च भइरहेको तर सरकारबाट भने १ करोड २० लाख रुपैयाँ मात्र अनुदान सहयोग पाइरहेको बताए । सीएम टेडिङबाट १ करोड रुपैयाँ भाडाबापत उपलव्ध हुँदै आएको उनले जानकारी दिए । १८ वर्षसम्म रङ्ग पत्रकारितामा रहेर काम गरेका राई एक महिना अघि संस्थानको महाप्रबन्धकमा नियुक्त भएका हुन् ।

Logo