नोटले भरिएको टबमा नुहउनु, हिंस्रक बाघलाई बाँधेर राख्नु उनको सौख हो । घरमा जनवार पाल्नेदेखि महंगो कार कलेक्सन गर्ने विलासी जीवनशैली छ, यी धनाड्य बच्चाहरुको । उनीहरुको फोटो इन्स्टाग्राममा शेयर भएको छ । त्यसमध्ये कतिपय धनाड्य बच्चाको लाखौं फलोअर्स छन् ।
आफ्नो इष्र्यलाग्दो जीवनशैलीलाई उनीहरु शोसल मिडियामा देखाउने गर्छन् । उनीहरुमध्ये कोहि महंगो स्याम्पियन पिउँछन्, कोहि महंगो घडी बाँध्छन् । कसैसँग लाखौं डलर छ त, कसैसँग महंगा कार ।
केहि दिनअघि ब्राजिलका एक धनाड्य बच्चाको यस्तै फोटो सार्वजनिक भएको थियो । उनी आफ्नो पैसा र महंगो सामाग्री देखाउन लालयित रहेछन् । उनीसँग यति धेरै पैसा छ कि, लकरमा होइन, बाथ टबदेखि कारसम्ममा नोटको बिटा हुन्छ ।
प्रकाशित: ३० पुष २०७४ १६:२९ आइतबार