१५ माघ २०७८ शनिबार
1
1
1

0 Shares

यी नेपाली युवा वैज्ञानिक संलग्न रहेको टोलीले ईबोलाको औषधि पत्ता लगायो

1
1
1
1
1
1
1
1
1

अमेरिका ।

इबोलाको औषति पत्ता लागेको वैज्ञानिकहरले दावि गरेका छन् । antiviral research जर्नलमा प्रकाशित सोधपत्रका अनुसार अमेरिकास्थित जोर्जिया राज्यको विश्वाविद्यालय अन्तर्गतको इन्ष्टिच्युट फर बायोमेडिकल साइन्समा कार्यरत नेपाली युवा बैज्ञानिक डा.सुदिप खड्का संलग्न टोलीले इबोलाको औषधी पत्ता लगाएको हो ।

यो आविष्कारले इबोलाको महामारी फैलिए त्यसको रोकथाममा महत्वपूर्ण योगदान गर्नेे विश्वास अनुसन्धानमा संलग्न एघारवटा बैज्ञानिकको टोलीले लिएको छ । संसारकै सबैभन्दा खतरनाक रोग मानिने इबोलाको हालसम्म कुनै औषधी पत्ता लागेको थिएन ।

टोलीले सयौंको संख्याका नयाँ औषधीको अनुसन्धानबाट ५६ सम्भाबित औषधीहरु पत्ता लगाएको हो । जसमा एउटा benzoquinoline समूहको औषधीको बिस्तृत अध्ययन भएको छ । यो औषधी हालै संसारमा तहल्का मचाइराखेको अर्को जीका भाईरसबिरुद्ध पनि प्रभावकारी देखिएको छ ।

बैज्ञानिकहरुका अनुसार यो प्रारम्भिक अनुसन्धानले चाडै नै इबोला र जीकाको उपचार हुन सक्ने सम्भावना बढेको छ ।

प्रकाशित: १ माघ २०७४ १५:५५ सोमबार

1
1
1
1
1
1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी