फाराम भर्न आग्रह गरेकाे छ । "/>

चीनमा रहेका नेपालीलाई जहाज चार्टर गरेर नेपाल ल्याइने, आइतबार बिहानसम्म फारम भर्ने म्याद

चीनमा रहेका नेपालीलाई जहाज चार्टर गरेर नेपाल ल्याइने, आइतबार बिहानसम्म फारम भर्ने म्याद


कोरोना भाइरसबाट प्रभावित चीनको हुवेइ प्रान्तमा रहेका सबै नेपालीलाई जहाज चार्टर गरेर नेपाल ल्याइने भएको छ ।

बेइजिङमा रहेको नेपाली दूतावासले शनिबार सूचना निकालेर हुवेइमा भएका सबै नेपालीलाई नेपाल फर्काउन जहाज चार्टर भइरहेकोले तत्कालै फाराम भर्न आग्रह गरेकाे छ ।

फाराम भरेका बाहेक अन्यलाई नेपाल नपठाउने भएकाले सबैलाई फाराम भर्न दूतावासले भनेको छ । फेब्रुअरी २ तारिख अर्थात् आइतबार बिहान ९ बजेसम्म फारम भर्ने म्याद तोकिएको र फारम भर्नेको संख्या हेरेर जहाज चार्टर गरिने सूचनामा उल्लेख छ ।

 

Logo