काभ्रेको अग्रणी विन्धवासिनीको सेवा केन्द्र च्यासिंखर्कमा

काभ्रेको अग्रणी विन्धवासिनीको सेवा केन्द्र च्यासिंखर्कमा


काभ्रे ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत ख्याति कमाउन सफल काभ्रे जिल्लाको अग्रणी सहकारी संस्थाको रुपमा रहेको विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि.ले सदस्य सेवालाई ग्रामिण स्तरबाटनै पु¥याउने उदेश्यका साथ ढुंखर्क सेवा कार्यालय अन्तर्गत विहिबारबाट च्यासिंखर्कमा सेवा केन्द्र शुभारम्भ गरेको छ ।

सो अवसरमा संस्थाले संस्थाको गतिविधि तथा विद्यमान नीति नियम सदस्यमाझ पु¥याउने उदेश्यले सदस्य विस्तारित भेला समेत गरेकोे थियो । संस्थाका प्रमुख व्यवस्थापक के.वि लामा स्याङ्तानले उपस्थित सदस्यहरुलाई संस्थाको नीतिगत व्यवस्था तथा हिजोसम्मको संस्थाको आर्थिक गतिविधिबारे जानकारी गराउनुका साथै संस्थाले हालै मात्र काठमाडौमा समेत सेवा विस्तार गर्न सफल भएको जानकारी सदस्यमाझ गराएका थिए ।

कार्यक्रममा विभिन्न स्थानियतहका जनप्रतिनिधि लगायत संस्थाका संचालक समिति सदस्य गोविन्द प्रसाद अधिकारी, भिम वहादुर के.सी, शिक्षा उपसमिति सदस्य, केदार वहादुर क्षेत्री, लघुवित्त उपसमिति सदस्य बुद्धिमाया तामाङ, सेवा कार्यालय व्यवस्थापन उपसमिति पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको संचालन सेवा कार्यालय ढुंखर्कका कार्यालय व्यवस्थापन राजेन्द्र बन्जाराले गरेका थिए ।

संस्थाका कोषाध्यक्ष शान्तकुमार श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रम बेथानचोक गाउँपालिका वडा नं ५ का वडाध्यक्ष खजेञ्ची वहादुर लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य संचालक समिति सदस्य गोविन्द प्रसाद अधिकारीले राखेका थिए ।

Logo