टोटेनह्याम फाइनल प्रवेश

टोटेनह्याम फाइनल प्रवेश


च्याम्पियनसिप क्लब ब्रेन्टफोर्डमाथि सहज जित निकाल्दै प्रिमियर लिग क्लब टोटेनह्याम इंग्लिस फुटबल लिग (इएफएल) कपको फाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा मंगलबार राति भएको खेलमा टोटेनह्यामले ब्रेन्टफोर्डमाथि २–० को जित हात पारेको हो । खेलको १२ औं मिनेटमा नै सिस्सोकोको गोलबाट टोटेनहमले खेलमा अग्रता लिएको थियो । खेलकाे ७०औं मिनेटमा ह्युङ मिन सनले गोल गर्दै टोटेनहमलाई २–० को सहज जित दिलाए ।

अब टोटेनह्यामले उपाधिका लागि म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीबीचको विजेतासँग खेल्नेछ ।

Logo