‘एमसीसीका कारण चिनियाँ रेल रोकिन्छ’ (किशोर विश्वास-राजनीतिक विश्लेषक : भिडियोसहित)

‘एमसीसीका कारण चिनियाँ रेल रोकिन्छ’ (किशोर विश्वास-राजनीतिक विश्लेषक : भिडियोसहित)


काठमाडौं ।

अमेरिकाको महत्वाकांक्षी परियोजना ‘एमसीसी’ (मिलिनियम च्यालेन्ज कर्पोरेसन) का सम्बन्धमा यतिबेला आम चासो छ । पार्टी र तिनका धेरैजसो नेताहरू यसको पक्षमा खुलेर लागेका छन् । तर, केही नेता तथा विश्लेषकहरू भने खुलेरै विरोधमा उत्रिएका छन् । तिनै मध्येका एक विश्लेषक हुन्–किशोर विश्वास ।

किशोर विश्वास तिनै नेता हुन् जो मधेस आन्दोलनताका मधेसी जनअधिकार फोरमका सहसंयोजक थिए । तर त्यो मोर्चाले पार्टीको रूप धारण गरेपछि भने राष्ट्रवादी विश्वासले अर्को बाटो समाते । राष्ट्रियताको सवालमा रौं जत्ति पनि ‘कम्प्रमाइज’ गर्नुहुन्न भन्ने उनी यति बेला राजनीतिक वृत्तमा गुमनाम छन् । उनी अध्यक्ष रहेको बहुल राष्ट्रिय समाजवादी पार्टी पनि कसैको नजरमा छैन । तर उनको राष्ट्रवादी सोच र विश्लेषण क्षमता भने तारिफयोग्य छ । प्रस्तुत छ, ‘एमसीसी’का सम्बन्धमा केन्द्रित रहेर उनै विश्वाससँग केन्द्रबिन्दुकालागि कार्यक्रम रेडलाइनका संचालक शेषराज भट्टराईले गरेको कुराकानी ।

 

Skip This
Logo