केन्द्रबिन्दु बुलेटिन : काठमाडौंमा वायुप्रदूषणको स्तर बढेसँगै सर्तक रहन विज्ञहरुको सल्लाह (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन : काठमाडौंमा वायुप्रदूषणको स्तर बढेसँगै सर्तक रहन विज्ञहरुको सल्लाह (भिडियोसहित)


काठमाडौं ।

हामीले हरेकदिन दिनभरिका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्ने गरेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं । आजका मूख्य समाचारहरु मध्ये नेपालको पश्चिमी भू–भाग हुँदै भित्रिएको पश्चिमी वायुको प्रभाव काठमाडौंमा सोमबार उच्च देखिएको छ । काठमाडौंमा सोमबारबाट उक्त बायुको प्रभाव उच्च देखिको हो । सोमबार र आज मंगलबार उपत्यका धुम्म हुँदा घाम देखिएन भने यहाँको प्रदूषणको मात्रा खतराको सीमा भन्दा उच्च भएको छ । मौसममा आएको परिवर्तनले विश्वका सहरहरु मध्ये वायु प्रदूषणको उच्च जोखिमको पहिलो नम्बरमा काठमाडौं उपत्यका देखिएको छ ।

कञ्चनपुरको नेपाल–भारत सीमा क्षेत्रमा गोली चल्दा एक नेपाली घाइते भएको प्रहरी कार्यालय कैलालीले जनाएको छ । भारतीय एसएसबीले गोली चलाउँदा जिल्लाको दोधाराचाँदनी नगरपालिका वडा नम्बर १ का नरेन सुनार घाइते भएको प्रहरीले जानकारी दिएको हो । घुँडामुनि गोली लागेको सुनारको अवस्था खतरामुक्त छ ।

कृषिसँग सम्बन्धित सरोकारवाला पक्षहरुले नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने सरकारको निर्णय गलत भएको बताएका छन् । विभिन्न संघसंस्थाहरूले मंगलबार संयुक्त पत्रकार सम्मेलनमार्फत प्रत्यक्ष वैदेशिक लगानी भित्राउनु अपारदर्शी निर्णय भन्दै फिता गर्न आग्रह गरेका छन् । सरकारको यस्तोनिर्णयले देशकै नीजि क्षेत्रको लगानी धरापमा परेको पनि बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधान अनुसार प्रतिनिधि सभा सूचारु हुनेमा ढुक्क रहेको बताएका छन् । प्रवक्ता श्रेष्ठले पार्टीको आधिकारिकता र चुनाव चिन्ह सूर्य आफूहरुसँगै रहने दावी समेत गरेका छन् । यस्तै पार्टीको केन्द्रीय संघर्ष समितिको सह–संयोजक तथा प्रवक्ता समेत रहेका योगेशकुमार भट्टराईले प्रधानमन्त्रीले संविधानको उलंघन गरी आफ्नो कमजोरी ढाकछोप गर्न जनताको बहुदलीय जनवादको कुरा उठाएको आरोप समेत लगाएका छन् ।

अमेरिकाको जर्जिया राज्यमा मङ्गलबार सिनेटका लागि मतदान हुँदैछ । यो मतदान राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको पहिलो दुई वर्षे कार्यकालको सफलतासँग यो चुनाव जोडिएकाले रिपब्लीकन र डेमोक्रेट दुबै पार्टीका लागि निकै महत्वपूर्ण मानिएको छ ।

Logo