रिचार्जरमा सिनेमाको टिकट काट्दा २२० रुपैयाँ नगद फिर्ता अफर

रिचार्जरमा सिनेमाको टिकट काट्दा २२० रुपैयाँ नगद फिर्ता अफर


काठमाडौं ।

जनवरी २० देखि बिगसेल मेला सञ्चालन गरिरहेका मोबाइल एप रिचार्जरले एफक्युबसिनेमाको टिकटमा २२० रुपैयाँ क्यास ब्याकदिने भएको छ । बिग सेल अफर अन्तर्गत रिचार्जरबाट एफक्युबसिनेमाको टिकट किने पछि २२० रुपैंया नगदफिर्ता गरिने रिचार्जरले जनाएको छ ।

त्यसै गरी रिचार्जरले नाइट फूड तथा ड्रिङ्क्ससर्भिस पनि थप गरेको छ । नाइट फूड सर्भिस तथा ड्रिङ्क्सको अर्डर रोयर इम्पायर बुटिक होटल तथा भोक लाग्यो डटकमसँगको सहकार्यमा सञ्चालन गरिएको हो ।

सेलमा २० हजार २० रुपैंयाँमा अन्नपूर्ण बेस क्याम्पसम्म पुगेर अवलोकन गरी फर्किने अफर विशेष आकर्षण बनेको छ । त्यसैगरी कालिञ्चोक, खोटाङ हलेसी लगायत स्थानको भ्रमण प्याकेजका लागि धेरै अर्डर आएका छन् । रिचार्जरका नयाँ प्रयोगकर्ताहरु मध्ये एक जनालाई हरेक महिना गोला प्रथाबाट हेलिकप्टरमा अन्नपूर्ण बेस क्याम्प ट्रिप उपलब्ध गराइने रिचार्जरले जनाएको छ ।

जतिको रिचार्ज, त्यति नै क्यास व्याक भन्ने स्लोगान सहित ईकमर्श प्लेटफर्ममा अग्रणी स्थानमा रहेर सेवा दिँदै आएको रिचार्जरमा उपलब्ध हुने वस्तु तथा सेवाको महसुल शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा तिर्न सकिने व्यवस्था मिलाइएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै विभिन्न किसिमका भ्रमण प्योकजहरु सस्तो मूल्यमा उपलब्ध हुने रिचार्जरका अध्यक्ष अलाइभ ग्लाइडरले बताए । ‘नेपालीलाई नेपाल घुमाउने योजना अन्तर्गत सस्तो मूल्यमा विभिन्न गन्तव्यको टूर प्याकेजहरु किस्ताबन्दीमा उपलब्ध गराएका छौं’ ग्लाइडरले भने ।

इलेक्ट्रोनिक्स, ग्याजेट्स,टूर प्याकेजहरु किस्ताबन्दीमा उपलब्ध गराई सेवाग्राहीलाई वित्तीय भारबाट छुटकारा दिलाउने योजना रिचार्जरको छ । भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै रिचार्जरले नेपाली बजारमा अहिलेसम्मकै सस्तो मूल्यमा विभिन्न वस्तु तथा सेवा उपलब्ध गराइरहेको छ ।

भ्रमण वर्ष सचिवालयको आधिकारिक ई कमर्श प्लेटफर्म समेत रहेको रिचार्जरमा ६० प्रतिशत सम्मको छुटमा वस्तु तथा सेवाहरु पाइनुका साथै क्यास भौचर, एक्स्ट्रा बैंक डिस्काउण्ट पनि पाउन सकिन्छ । यसै गरी हरेक खरिद कर्ताहरुलाई गोला प्रथाबाट विभिन्न किसिमका उपहारहरु समेत प्रदान गरिनेछ । विश्वभरी रहेका स्वदेशी तथा विदेशी पर्यटकले भ्रमण वर्षको अफर अन्तर्गत रिचार्जर बिग सेल २०२० मा सहभागिता जनाउन सक्नेछन् ।

Logo