राष्ट्रपतिका विज्ञ सल्लाहकार प्याकुरेलद्वारा पदबाट राजीनामा

राष्ट्रपतिका विज्ञ सल्लाहकार प्याकुरेलद्वारा पदबाट राजीनामा


काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीका विज्ञ राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले राजीनामा दिएका छन् ।

प्याकुरेलले आफ्नो राजीनामा पत्रमा राष्ट्रपति संस्थाको विज्ञ सल्लाहकारको रुपमा औपचारिक परिधिभन्दा बाहिर रहेर काम गर्नुपर्ने आवश्यकता महसुस गर्दै राजीनामा दिएको उल्लेख गरेका छन् ।

उनले राजिनामा पत्रमा भनेका छन्-‘संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य, मान्यता र कानूनी सर्वोच्चताको अक्षरशः कार्यान्वयनका लागि शासकीय मामिलासम्बद्ध औपचारिकताको परिधीभन्दा बाहिर अझ बढी सक्रियतापूर्वक सहभागिता जनाउनुपर्ने अनुभूत गरेर मैले आजैका मितिदेखि सम्माननीय राष्ट्रपतिज्यूको विज्ञ सल्लाहकारको पदबाट राजीनामा दिएको छु ।’

उनले भनेका छन्, ‘हामीले ठुलो संघर्षद्वारा स्थापित गरेको यस राजनीतिक प्रणालीभित्र मानव अधिकार र सामाजिक न्यायको निःशर्त र पूर्ण सम्मान गर्ने राष्ट्रका रुपमा स्थापित गर्दै अन्तर्राष्ट्रिय जगतमा समेत नेपालले आफ्नो छवि अझ उज्यालो बनाउनुपर्दछ । यसका लागि सबैभन्दा बढी योगदान सरकारको नेतृत्व गरिरहेको नेकपाले गर्न सक्छ ।’

Logo