सनराइज बैंकको ४६ औं शाखारहित बैंकिङ्ग सेवा मोरङको हरैंचामा

सनराइज बैंकको ४६ औं शाखारहित बैंकिङ्ग सेवा मोरङको हरैंचामा


काठमाडौँ । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानमा बैंकिङ्ग सेवा पुर्‍याउँदै जाने उद्देश्यका साथ मोरङको हरैचामा ४६ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।

बिहिबार आयोजित एक कार्यक्रममा शाखारहित बैंकिङ्ग सेवा सुन्दरहरैचा नगरपालिका – १ का अध्यक्ष विनोद बहादुर बस्नेत र बैंकको प्रादेशिक कार्यालय १ का प्रमुख विवेक निरौलाले संयुक्त रुपमा बैंकिङ्ग सेवाका प्रतिनिधि ममता कुमारी चौधरीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्दै उद्घाटन गरे ।

उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाउँबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । शाखारहित बैंकिङ्ग सेवाबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ ।

हालसम्म सनराइज बैंकले १३० वटा शाखा,४६ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १५२ वटा ए.टि.एम मार्फत आफ्ना ६ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरू विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानमा पनि बैकिङ्ग सेवा संचालन गर्दै जाने बताएको छ ।

Logo