परदेशका कथा लोकार्पण

परदेशका कथा लोकार्पण


काठमाडाैँ । नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंमा उत्तर अमेरिकी भावभूमिका २४ वटा कथानुभूति परदेशका कथाको लोकार्पण गरियो । समालोचक डा. विन्दु शर्मा, समीक्षक महेश पौड्याल, राजकुमार बानियाँ यस पुस्तकका सम्पादक गणेश घिमिरे र प्रकाशक पुष्पराज पौडेलद्वारा लोकार्पण गरियो ।

परदेशको कथा उत्तर अमेरिकामा बसोबास गर्ने नेपाली कथाकारहरूको संयुक्त सँगालो हो । प्रस्तुत पुस्तकमाथि बोल्दै समालोचक विन्दु शर्माले राम्रो प्रयास रहेको र अमेरिकामा बसोबास गर्ने राम्रा कथाकारहरू छुट्नु भएकोले भाग दुईमा समावेश गर्न सुझाव दिइन् ।

त्यसैगरी समीक्षक महेश पौड्यालले विदेशमा बस्ने नेपालीहरूले आफ्नो अवस्था तथा विदेशको बसाइँ दैनन्दिनी घटनाहरूलाई कथा मार्फत रोचक तरिकाले बयान गरेको बताए ।

समीक्षक राजकुमार बानियाँले विदेशमा भोगेका कथा पढ्दा आपूmलाई विदेशमा बस्ने नेपाली भएको अनुभूति भएको बताउनु भयो ।
सम्पादक समेत रहनु भएका गणेश घिमिरेले नेपालीहरू विदेशमा बस्दा पनि नेपालीपन ल्याउन पुस्तक तयार पारेको बताए ।

प्रकाशक पुष्पराज पौडेलले नेपाली साहित्यका पुस्तकहरूलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउनु पर्ने बेला भएकाले आफ्नो ठाउँ बाट पहल गर्न सबैलाई अनुरोध गरे ।

कृष्ण कुसुम र गणेश घिमिरेले सम्पादक गरेको पुस्तकमा २४ जना कथाकारको २४ वटा कथा समावेश गरिएको छ । शिखा बुक्सले बजारमा ल्याएको पुस्तकको मूल्य ३७५ रुपैयाँ छ ।

Logo