माछापुच्छ्रे क्यापिटल लिमिटेड पनि मर्चेन्ट व्यवसायमा प्रवेश

माछापुच्छ्रे क्यापिटल लिमिटेड पनि मर्चेन्ट व्यवसायमा प्रवेश


काठमाडौँ । माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को रूपमा धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन र संस्थागत परामर्श सेवाको कार्य गर्न अनुमति प्राप्त गरेको छ ।

अनुमतिपश्चात माछापुच्छ्रे बैंक लिमिटेडको पूर्ण स्वामित्व रहेको सहायक कम्पनी माछापुच्छ्रे क्यापिटल लिमिटेड पनि मर्चेन्ट व्यवसायमा प्रवेश गरेको छ । चुक्ता पूँजी २० करोड रहेको माछापुच्छ्रे क्यापिटल लिमिटेडले उपरोक्त सेवाहरू प्रदान गर्नका लागि सम्पूूर्ण तयारी गरिसकेको र निकट भविष्यमै सेवा संचालन गरिने क्यापिटलका अध्यक्ष सन्तोष कोइरालाले बताए ।

कोइरालाका अनुसार यस संस्थाले निक्षेप सदस्यको रूपमा सेवा प्रदान गर्नुका साथै छिटै म्युचयल फण्ड, भेन्चर क्यापिटल, प्राइभेट इक्वीटी लगायतका सेवा समेत प्रदान गर्नेछ ।

Logo