धादिङ दुर्घटना अपडेट : १५ जना घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो

धादिङ दुर्घटना अपडेट : १५ जना घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो


धादिङ : धादिङको ज्वालामुखी गाउँपालिका ४ ढोलामण्डलीको दर्शन गरेर फर्किदै गरेका यात्रु चढेको ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। मंगलबार ढोलामण्डलीमा लागेको मेला दर्शन गरेर फर्किदै गरेका स्थानीय चढेको ग १ ख ८०१२ नम्बरको आइचर ट्रक दुर्घटना भएकाे हाे । उक्त दुर्घटनामा २० जना घाइते भएका छन् ।

दुर्घटनाका गम्भीर घाइते १५ जनालाई उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी रवीन्द्र रेग्मीले बताए ।  अन्य घाइतेको जिल्ला अस्पतालमा उपचार भइराखेको छ।

Logo