1
1
1
1

0 Shares

कानले बेलुन फुलाउन सम्भव छ ? यी व्यक्तिले सक्छन् [ भिडियोसहित ]

1
1
1
1
1
1

विश्वमा अनेक क्षमताका मान्छे हुन्छन् । समयसँगै विश्वमा फरक फरक क्षमता भएका मान्छे भेटिन थालेका छन् । यस्तै भारतमा एक जना यस्तो मान्छे भेटिएका छन्, जसले कानले बेलुन फलाउन सक्छन् ।

उनी आफ्नो कानबाट जोडसँग हावा निकालेर बेलुन फुलाउन सक्छन् । बेलुन फुलाउने मात्र होइन् उनले कानैले स्वास फुकेर बलिरहेको मैनबत्ती पनि निभाइदिन सक्दछन् ।
उत्तर प्रदेशको सोनभद्र नामक जिल्लामा बस्ने मणिशंकर पाण्डे भन्छन्, वर्षौँदेखिको मेहेनतपछि अहिले आफुले सजिलैसँग यो काम गर्नसक्ने भएको छु ।

कानले बेलुन फुक्नुअघि उनले गहिरो स्वास लिएर सास भित्रै रोक्दछन् । त्यसपछि नाकमुख बन्द गर्दछन् र कानबाट जोडसाथ हावा बाहिर निकाल्दछन् र बेलुन फुलाउँदछन् ।
आफ्नो क्षेत्रमा हुने विभिन्न समारोह तथा महोत्सवहरुमा मणिशंकरले आफ्नो त्यो कला देखाएर सबैलाई अचम्ममा पार्ने गरेका छन् ।

प्रकाशित: ७ माघ २०७४ ११:१३ आइतबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी