ला लिगामा बार्सिलोना विजयी

ला लिगामा बार्सिलोना विजयी


स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाले हुएस्कामाथि १–० को जित दर्ता गरेको छ ।

बार्सिलोनाको जितमा फ्रान्की डि जोङले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले २७औं मिनेटमा कप्तान लियोनेल मेस्सीको पासमा गोल गरेका थिए ।

त्यसपछि थप गोल हुन नसक्दा बार्सिलोना विजयी भएकाे हाे । यस नतिजासँगै बार्सिलोना १६ खेलबाट २८ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ ।

बार्सिलोना शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँग १० अंकले पछि छ । पराजित हुएस्का १२ अंक जोडेर पुछारमा छ ।

Logo