बिहानै काठमाडौंमा हल्का वर्षा

बिहानै काठमाडौंमा हल्का वर्षा


हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । बिहानैदेखि काठमाडौंमा सिमसिम पारिरहेकाे छ ।

साथै देशभर सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका भू-भागहरुका केहि स्थानहरु तथा लुम्बिनी, बागमती र प्रदेश न. १ को भू-भागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार आज बिहानैदेखि पहाडी भू–भागमा अत्याधिक चिसो बढ्नुका साथै हल्का वर्षाकाे सम्भावना रहेकाे हाे ।

Logo