प्रधानमन्त्री ओली र मोदीबीच फोनवार्ता

प्रधानमन्त्री ओली र मोदीबीच फोनवार्ता


प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच फोनवार्ता भएको छ ।

‘आज बिहान भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीसँग मेरो फोन वार्ता भयो। हामीले नयॉ बर्ष २०२० को शुभकामना आदान-प्रदान गर्‍यौं। दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउन सन् २०१९ सफल रहेको निष्कर्ष निकाल्यौँ’, प्रधानमन्त्री ओलीले ट्विट गरेका छन् ।

ओलीले बाँकी समस्याहरू समाधान गर्दै सम्बन्धलाई अझै उचाईमा पुर्‍याउन सन् २०२० सफल रहनेमा आफूहरुले विश्वास व्यक्त गरेको उल्लेख गरेका छन् । ‘मैले प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको लागि पुन: आग्रह गरेँ’, प्रधानमन्त्री ओलीले ट्विटमा लेखेका छन् ।

Logo