एक किलोग्राम नक्कली सुनसहित दुई जना पक्राउ

एक किलोग्राम नक्कली सुनसहित दुई जना पक्राउ


काठमाडौं ।
नेपाल प्रहरीले एक किलोग्राम नक्कली सुनसहित दुई जनालाई नयाँबसपार्कस्थित तनहुँ होटलबाट पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले एक किलोग्राम नक्कली सुनसहित मोरङका २२ वर्षीय भुपाल लिम्बू र पाँचथरका २४ वर्षीय अरुण राईलाई सोमबार राति पक्राउ गरेको हो ।

वृत्तका प्रमुख उमेश लम्सालले नक्कली सुनलाई सक्कली सुन भनेर ठगी गर्न लागेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
रासस

Logo