२ जेठ २०७९ सोमबार
1
1
1
1

0 Shares

काठमाडौंको पुतली सडकमा स्मार्ट सेन्टरको प्रारम्भ

1
1
1
1
1
1

काठमाडौं ।

स्मार्ट टेलिकमले काठमाडौंको पुतलीसडकमा स्मार्ट सेन्टरको स्थापना गरेको छ ।

ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यले केही समय अघि मात्र फोर जी सेवा सुरु गरेको स्मार्ट टेलिकमले ग्राहकहरुलाई सुलभ सेवा उपलब्ध उपलब्ध गराउने उद्देश्यले आधिकारिक स्मार्ट सेन्टरको प्रारम्भ गरेको टेलिकमले जनाएको छ ।

सोमबारबाट सुरु गरिएको स्मार्ट सेन्टरबाट उपभोक्तालाई प्रभावकारी सेवा उपलब्धहुने र स्मार्टका उत्पादन तथा सेवाहरुको जानकारी सहजै प्राप्त हुने कुरा स्मार्ट टेलिकमले जनाएको छ ।

सेन्टरबाट ग्राहकहरुका सम्पूर्ण आवश्यकता र जिज्ञाशाहरुलाई सहज र सुलभ तरिकाबाट समाधान गरिने छ । कम्पनीले प्रदान गर्ने नयाँ नयाँ सेवा तथा उत्पादनहरुको जानकारी ग्राहकहरुले सहजै प्राप्तगर्न सक्नु स्मार्ट टेलिकमले जनाएको छ ।

स्मार्ट सेलको नयाँ सेन्टरको उद्घाटन कम्पनीका अध्यक्ष सर्वेस जोशीले गर्नुभएको थियो । १ जुलाई २००८ मा स्थापना भएको स्मार्ट टेलिकमले नेपालका दुर्गम क्षेत्रहरुमा सेवा प्रदान गर्दै आएको छ । यसले २०१३ मा एकीकृत इजाजत प्राप्त गरेको छ ।

दुरसञ्चारको क्षेत्रमा स्मार्टसेल हालनेपालको तेस्रो ठूलो कम्पनीका रुपमा स्थापित हुन सफल भएको छ । स्मार्ट टेलिकलम प्रा.लि.ले आफ्नो नेटवर्कलाई क्रमशः नेपाल अधिराज्यभर विस्तार गर्दै आएको छ । टेलिकमले आफ्नो फोरजि सेवा काठमाडौ, ललितपुर, भक्तपुर तथा पोखरामा प्रदान गरिसकेको छ ।

प्रकाशित: ९ माघ २०७४ १२:१५ मंगलबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी