1
1
1
1
1

0 Shares

२३ स्थानीय तहको नाम र ३७ स्थानीय तहको केन्द्र परिवर्तन गरियो [ सूचीसहित ]

1
1
1
1
1
1

काठमाडौं ।

देशभरका विभिन्न ४६ वटा स्थानीय तहको नाम र केन्द्र परिवर्तन भएको छ । स्थानीय विकास मन्त्रालयका अनुसार २३ वटा स्थानीय तहको नाम परिवर्तन भएको छ भने ३७ स्थानीय तहको केन्द्र परिवर्तन भएको छ ।

हिमाली जिल्ला मनाङका ५ मध्ये ४ गाउँपालिकाको नाम परिवर्तन भएको छ । सम्बन्धित स्थानीय तहको निर्णय र सिफारिसका आधारमा मन्त्रिपरिषदले स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको हो ।

स्थानीय सरकार सञ्चालन ऐन ०७४ बमोजिम सम्बन्धित गाउँसभा वा नगरसभाको सिफारिसमा नाम र केन्द्र हेरफेर गरिएको मन्त्रालयले जनाएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन अनुसार सम्बन्धित गाउँपालिका वा नगरपालिकाको सभाले नाम परिवर्तन गर्न सक्छ । यद्यपी नाम र केन्द्र फेर्ने निर्णयको अनुमोदन स्थानीय विकास मन्त्रालयले गर्छ ।

प्रकाशित: ११ माघ २०७४ १२:१७ बिहीबार

1
1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी