मिस रतुवामाई २०१९ को पहिलो उपाधि निश्मालाई

मिस रतुवामाई २०१९ को पहिलो उपाधि निश्मालाई


झापा ।

मिस रतुवामाई २०१९ को पहिलो उपाधि निश्मा श्रेष्ठले जितेकी छिन् । फाइनल प्रवेश गरेका मध्ये १३ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै उनले पहिलो मिस रतुवामाई २०१९ उपाधिको ताज पहिरिएकी हुन् । उनलाई मिस उर्लाबारी विजेता रूसालि केसीले ताज लगाई दिएकि थिइन् भने कार्यक्रम संयोजक अनिश कार्की र नगरप्रमुख रविन राईले पुरस्कारको चेक हस्तान्तर गरेका थिए ।

उपाधिसँगै श्रेष्ठले नगद ५० हजार, आइजोन इन्टरनेटको तर्फबाट एक वर्षका लागि निःशुल्क इन्टरनेट र पोखरा भ्रमण गर्ने मौका पाएकी छिन् । त्यस्तै पहिलो रनरअप रेश्मा श्रेष्ठ भइन् । उनले नगद ३० हजार प्राप्त गरेकी छिन् । त्यस्तै प्रतियोगितामा दोस्रो रनरअप रेसु कालिकोटेले २० हजार प्राप्त गरिन् ।

प्रतियोगितामा विभिन्न विधामा पुरस्कार वितरण गरिएको थियो । मिस अनुशासित रेसु कालिकोटे, मिस पब्लिक च्वाइस रेश्मा श्रेष्ठ , मिस क्याटवाल्क दुर्गा बस्नेत , मिस ट्यालेन्ट सुनिता थापा , मिस प्रसनालिटी निश्मा श्रेष्ठले जितेका थिए ।

विभिन्न स्थानवाट आएका जर्जहरूको निष्पक्ष मुल्याङ्कनबाट विजेता घोषणा गरिएको थियो । नविन लुइटेल, डा सन्दिप अधिकारी, नविन श्रेष्ट, सायरा राई, सृजना क्षेत्री र ज्ञानेन्द्र सुनुवार प्रतियोगिताको फाइनलमा जर्ज रहेका थिए ।

सेन्ट्रल फेसन हब उर्लाबारीको व्यवस्थापन र आयोजनामा कार्तिक २३ बाट सुरु भएको प्रतियोगिताको फाइनल, प्रतियोगिताको मुख्य प्रायोजक समेत रहेको राष्ट्रनिर्माण सेकेण्डरी बोर्डिङ्ग स्कुल र रतुवामाई नगरपालिकाका मेयर, उपमेयर, विभिन्न वडाका वडाध्यक्षहरू, सामाजिक व्यक्तित्व, पत्रकार, संघ सस्थाका प्रतिनीधिहरू र सयौं दर्शकहरूका माझ प्रतियोगिता सम्पन्न भएको थियो। आफूले सोचेको भन्दा सफलतापूर्ण कार्यक्रम सम्पन्न भएको कार्यक्रम संयोजक अनिश कार्कीले बताए । प्रतियोगिताको सम्पूर्ण पोशाक डिजाइन सेन्ट्रल फेसन हब उर्लाबारीका बिद्यार्थी प्रमिला खत्री, लिजा श्रेष्ठ, अन्जना तामांग, आश्मा धिमाल, सावित्रा अधिकारी र सोमश्री घोसले गरेका थिए ।

Logo