‘ज्योती फिल्मस् म्यूजिक अवार्ड’ का लागि फाराम खुल्याे

‘ज्योती फिल्मस् म्यूजिक अवार्ड’ का लागि फाराम खुल्याे


काठमाडौं । प्रोडक्सनले आगामी फागुन १ गते ‘ज्योती फिल्मस् म्यूजिक अवार्ड’ आयाेजना गर्ने भएकाे छ । ज्याेति फिल्मस् प्रोडक्सनले मनोनयनको लागि आबेदन फर्म खुल्ला गरिसकेकाे छ । प्राेडक्सनले पुस मसान्तसम्ममा फर्म भरिसक्न सबै सरोकार पक्षलाई आव्हान गरिएको छ ।
फिल्मस् प्रोडक्सनले २०७५ साल वैशाख १ देखी २०७६ पौष २० गतेसम्म बजारमा आएका गीत संगित र म्यूजिकसंग सम्बद्ध ६० वटा विधामा उत्कृष्ट हुनेलाई एवार्ड प्रदन गर्न लागिएको हो ।

स्थापीत र नव प्रतिभा दुबैलाई समेटेर अवार्ड प्रदान गरिने ज्योती फिल्मस् प्रोडक्सनले जनाएकाे छ । उक्त अवार्ड बितरण कार्यक्रममा २ जना संचारकर्मीलाई सम्मान समेत गरीने जानकारी गराईएको छ ।

Logo