प्रदूषण जाँच गरेर मात्र सवारी चलाउन दिनुपर्ने माग गर्दै रिट

प्रदूषण जाँच गरेर मात्र सवारी चलाउन दिनुपर्ने माग गर्दै रिट


काठमाडौँ ।

सर्वोच्च अदालतमा काठमाडौँ उपत्यकामा गुड्ने सवारीसाधनको प्रभावकारी रुपमा प्रदूषण जाँच गरी मात्र सञ्चालन अनुमति दिनुपर्ने आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ ।

सवारी तथा यातायात व्यवस्था मन्त्रालय, वन तथा वातावरण मन्त्रालय लगायतलाई विपक्षी बनाई बुधबार अधिवक्ताद्वय रीता कार्की र श्यामकुमार श्रेष्ठद्वारा संयुक्त रुपमा दायर गरिएको रिट निवेदनमा सो माग गरिएको हो ।

रिट निवेदनमा सरकारले राजपत्रमा सूचना प्रकाशित गरी २० वर्षे पुराना सवारीसाधन काठमाडौँ उपत्यकामा गुड्न नदिने गरी प्रकाशित गरेको सूचनाको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने माग छ ।

काठमाडौँ उपत्याकाभित्र वातावरण प्रदूषणलाई नियन्त्रण गर्न अति विशिष्ट व्यक्तिका सवारी साधन, आकस्मिक कार्यमा गुड्ने सवारी, निजामती एवम् संस्थानका सवारी, विद्यालयका सवारीबाहेक भाडाका सवारी दुईपाङ्ग्रे र चारपाङ्ग्रेलाई स्थायी रुपमै जोर बिजोरको तालिकाअनुसार सवारी साधन सञ्चालन गर्नसमेत आदेशको माग गरिएको छ ।

Logo