प्रदेश ५ को नाम लुम्बिनी राख्न प्रस्ताव

प्रदेश ५ को नाम लुम्बिनी राख्न प्रस्ताव


बुटवल।

नेपालको नयाँ संविधान अनुसार गठित सात प्रदेश मध्ये ३ वटा प्रदेशले मात्र अहिले सम्म नाम र स्थायी राजधानी तय गरेका छन् । यसैवीच नाम र राजधानी तोक्न बाँकी मध्येकै प्रदेश ५ को स्थायी राजधानी र नाम सिफारिस गर्न गठित विशेष समितिले प्रदेशको नाम ‘लुम्बिनी’ राख्न प्रस्ताव गरेको छ ।

स्थायी राजधानीका लागि रुपन्देहीको सैनामैना (बुटवल पश्चिम), कपिलवस्तु वा दाङको भालुबाङ क्षेत्रलाई प्रस्ताव गरेको छ ।

प्रदेश ५ को नाम लुम्बिनी नामाकरण गर्ने विषयमा समिती एकमत रहेपनि स्थायी राजधानीको विषयमा भने सदस्यहरुले फरक फरक नाम सिफारिस गरेका छन् । प्रदेश ५ का मुख्यमन्त्री शंखर पोखरेल रहेका छन् ।

Logo