आन सान सूकी अन्तर्राष्ट्रिय अदालतमा

आन सान सूकी अन्तर्राष्ट्रिय अदालतमा


नेदरल्याण्ड,२०७६ मंसिर २५ ।

म्यानमारकी पूर्वप्रजातन्त्रवादी नेतृ आन सान सूकी अन्तर्राष्ट्रिय अदालतमा उपस्थित भएकी छिन् ।

तीन वर्ष अघि रोहिंग्या अल्पसंख्यक मुस्लिम समुदायमाथि म्यानमारको सरकारले गरेको नरसंहारका कारण संयुक्त राष्ट्रसंघीय उच्च अदालतमा सूकी उपस्थित भएकी हुन् । नोबेल शान्ति पुरस्कारबाट पुरस्कृत सूकीले आफूमाथि लागेको अभियोगको इन्कार गर्दै आएकी छिन् ।

गत नोभेम्बरमा गाम्बियाले अन्तर्राष्ट्रिय अदालतमा म्यानमारमाथि मुद्दा दायर गरेको थियो । अन्तर्राष्ट्रिय अदालतमा पुगेको यो तेस्रो नरसंहारको मुद्दा हो । २०१७ मा म्यानमारको सेनाले अल्पसंख्यक आदिवासी समुदायमाथि बलात्कार, हत्या र शारिरीक यातना दिएको थियो । साथै उनीहरुका घर जलाइँदै लखेटिएका थिए ।

७ लाख ३० हजार रोहिंग्या म्यानमारबाट लखेटिएपछि आश्रयका लागि बंगलादेश पुगेका थिए । १५ वर्षको बन्दी जीवन बिताएपछि नोबेल शान्ति पुरस्कार पाएकी आन सान सूकीको राजनीतिक जीवन पनि यस घटनासँगै आलोचित बनेको छ ।
एजेन्सी

Skip This
Logo