२० मंसिर २०७८ सोमबार

0 Shares

अशोक लेलैण्डको नयाँ क्याप्टेन टिपर अब नेपालमा

काठमाडौं ।
आइएमई मोटर्स प्रालि, अशोक लेलैण्डले नयाँ क्याप्टेन टिपर नेपालमा भित्र्याएको छ । नेपालका लागी व्यवसायिक गाडीहरुको आधिकारिक बिक्रेता, तथा आइएमईग्रुप अन्तर्गतको अटोमोबाइल सेवा प्रदायक भगिनीसंस्थाले धेरै प्रतीक्षा पछि “क्याप्टेन” टिपरको बिक्रि वितरणको सुभारम्भ गरेको छ ।

होटेल हयात रेजेन्सीमा एक कार्यक्रम गरि उक्त ब्राण्डको उद्घाटन गरिएको हो । कार्यक्रममा आइएमई ग्रुपका कार्यकारी अध्यक्ष चन्द्र प्रसाद ढकाल र अशोक लेलैण्ड लिमिटेडका ग्लोबल ट्रकको प्रेसिडेन्ट अनुज कथुरियाको उपस्थिति रहेको थियो ।

यस्तै प्रबन्धनिर्देशक हेमराज ढकाल, आइएमई मोटर्स प्रालिका निर्देशकहरु सन्दिप अग्रवाल, सुमन पोखरेल, र इश्वर कार्की, आइएमई मोटर्स प्रा.लिका प्रमुखकार्यकारी अधिकृत कपिल शिवाकोटी, अशोक लेलैन्ड ग्लोबल ट्रक्र्स—भाइस प्रेसिडेन्ट श्री सुभेन्दु मोइत्रा, अशोक लेलैन्ड कम्पनीका पुर्वी सार्क क्षेत्रिय प्रबन्धक तन्मयमित्रा आदिको पनि कार्यक्रममा सहभागिता रहेको थियो

क्याप्टेन टिपरका मुख्यआकर्षण भनेको राम्रो कार्यदक्षता र चालकलाई आरामदाई क्याबिनरहेको छ । यसमा ६ प्रकारको एड्जस्टेबल सस्पेण्डेड चालक सिट, टिल्टेबल र टेलिस्कोपिक स्टियरिङ्ग कलमं, वातानुकुलित क्याबिन र म्युजिक सिस्टम रहेको छ ।

क्याप्टेन सिरिजका गाडीहरुले ३ वटा क्षेत्रहरु जस्तै चालकलाई आराम, विश्वसनीयता र कार्यक्षमतालाई ध्यान दिदैं नेपाली बजारमा प्रतिस्पर्धामा उत्रेको कम्पनीले जनाएकोछ ।

भारतमाइ सन् २०१४ मा लन्च भएको क्याप्टेन सिरिजका ट्रकहरु तथा टिपरहरु १६ देखि ४९ टनसम्मका विभिन्न प्रकारका टिपर, ट्रेक्टर, र ट्रक उपलब्ध छन् । अशोक लेलैण्डमा यात्री परिवहनको १८ सिट देखि ८० सिट क्षमताका विभिन्न बसहरु रकेका छन र बसको बजारमा ठूला पकड रहेको छ ।

नेपालमा उपलब्ध अशोक लेलैण्डका गाडीहरुः

ट्रक/टिपर

बस

साना तथा मझौला व्यबसायिक गाडीहरु

डिफेन्स प्रयोजन लगायत अन्य बिशेष गाडीहरु

प्रकाशित: १६ माघ २०७४ १७:१२ मंगलबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी