फिनल्याण्डकी मारिन् विश्वकै कान्छी प्रधानमन्त्री

फिनल्याण्डकी मारिन् विश्वकै कान्छी प्रधानमन्त्री


एजेन्सी ।  प्रधानमन्त्री बन्न क्षमता वा रुप के चाहिन्छ  ? भन्ने प्रश्न उठ्यो भने सबैले भन्नेछन् ‘क्षमता चाहिन्छ’ । तर फिनल्याण्डकी एकजना नेतृको रुप र क्षमता दुबैकाे चर्चा चुलिएको छ । फिनल्याण्डको सत्तारुढ सोसियल डेमोक्राटिक पार्टीले आइतबार बेलुका प्रधानमन्त्रीका लागि ३४ वर्षिय सन्ना मारिनको नाम सिफारिस गरेको हाे । नाम सिफारिस भएसँगै  विश्वभर उनको सुन्दरताकाे चौतर्फी चर्चा भइरहेका छन् । प्रगतिको कामना सहित उनले वाह्वाही  पाइरहेकी छन् ।

फिनल्याण्डको सबैभन्दा ठूलो अखबार हेलसिनिन सनोमेट र इल्ता सनोमेट ट्याब्लोइडका अनुसार डिसेम्बर ८ मा मारिन विश्वकै कान्छी प्रधानमन्त्रीकाे लागि सिफारिस भएकी छन् । गत अप्रिलमा भएको निर्वाचनमा यो पार्टी सबैभन्दा ठूलो पार्टी बनेको हो । मारिन, पार्टीको उपाध्यक्ष र सांसद र उनी पूर्वयातायात मन्त्री  समेत हुन् ।

मारिनले एन्टी रिनकाे राजिनामापछि प्रधानमन्त्री हुन पाएकी हुन् । मारिन फिनल्याण्डकी तेस्रो महिला नेता पनि हुन्। उनले पत्रकारसँग प्रतिक्रया दिदै भनिन्-‘मैले मेरो उमेर र लिंगको बारेमा कहिल्यै सोचेको छैन, म मतदाताहरूको भरोसा जितेका चीजहरूको बारेमा सोच्छु।

एन्टी रिनले पोष्टल स्ट्राइक सम्बन्धी विवादको कारण गत डिसेम्बर ३ मा राजिनामा बुझाएका हुन् ।

यस अघि न्युजिल्याण्डका जासिद आरडेन ३९ वर्षमा प्रधानमन्त्री बनेका थिए भने युक्रेनेका ओलेक्सीया होनचुरुक ३५ वर्षमा प्रधानमन्त्री बनेका थिए । त्यस्तै उत्तर कोरियाका सर्वाेच्च नेता किम जोङ उन पनि ३५ वर्षमा नेतृत्व तहमा पुगेका थिए ।

Logo