बास्केटबलमा नेपाल सेमिफाइनल प्रवेश

बास्केटबलमा नेपाल सेमिफाइनल प्रवेश


१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष बास्केटबलमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार दशरथ रंगशालास्थित कभर्ड हलमा नेपालले माल्दिभ्सलाई ७६-६२ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

नेपालका लागि असिम श्रेष्ठले १८ आयुस सिंहले १५ तथा सदिश प्रधानले १४ स्कोर गरे । समूह ‘ए’ मा रहेको नेपाल यस अघि पहिलो खेलमा नेपाल बंगलादेशसँग ६७-६१ स्कोरले पराजित भएको थियो ।

अब नेपालले सेमिफाइनलमा भारतसँग खेल्नेछ । अर्को सेमिफाइनलमा बंगलादेशले श्रीलंकासँग खेल्नेछ ।

Skip This
Logo