१‌० औ‍ं सागका स्वर्ण विजेता कमलबहादुर कास्यमा सीमित

१‌० औ‍ं सागका स्वर्ण विजेता कमलबहादुर कास्यमा सीमित


पोखरा । सन् २००६ मा श्रीलङ्कामा भएकाे १० औ‍ं सागकाे भाराेत्तोलनमा स्वर्ण जितिसकेकाे नेपालका कमलबहादुर अधिकारी यस वर्षा नेापलमा जारी खेलमा कास्य पदकमा सिमित भएका छन् ।

पाेखरामा जारी  १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत भाराेत्तोलनमा ६७ केजी समूहमा प्रतिस्पर्धा गरेका उनी तेस्रो भएका हुन् । उनले स्न्याच र क्लिन एण्ड जर्क गरी कुल २५२ केजी भार उठाए ।

पाकिस्तानका तल्हा ताबिलले स्वर्ण र श्रीलंकाका जेएससी ल्याकमलले रजत पदक जितेका छन् ।

भारोत्तोलनमा पुरुषतर्फ नेपालले जितेको यो एक मात्र स्वर्ण हो । २०१० मा उनको प्रदर्शन खराब रह्यो भने २०१६ को १२औं सागमा उनले भाग लिएका थिएनन् ।

Logo