1
1
1

0 Shares

ओली र स्वराज एक घण्टा वान टु वान वार्ता

1
1

काठमाडौँ

नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुस्मा स्वराज र एमाले अध्यक्ष केपी शर्मा ओली बीच होटल सोल्टीमा एक घण्टा लामो वान टु वान वार्ता भएको छ । काठमाडौँ ओर्ले पछि सीधै होटल सोल्टी पुगेकी स्वराज र वाम गठबन्धनको बैठकपछि पुगेका ओली बीच वान टु वान वार्ता भएको हो । ओलीसँगको वान टु वान वार्तामा विदेशमन्त्री स्वराजले नेपालको भावी प्रधानमन्त्रीका रुपमा भारतीय प्रम मोदीको बधाई सन्देश सुनाउने कार्यक्रम थियो ।

सुस्माले भावी प्रधानमन्त्रीका रुपमा बधाई तथा शुभकामना दिएर विगतमा बिग्रेको सम्बन्धलाई ‘कोर्ष करेक्सन’ का लागि पहल गरेको बताइएको छ । यसअघि भारतीय प्रधानमन्त्री मोदीले टेलिफोन गरेर ओलीलाई नेपालका भावी प्रधानमन्त्री भन्दै सहकार्यका लागि आफू तत्पर रहेको प्रतिक्रिया दिएका थिए ।

ओलीले पनि त्यो बेला मोदीलाई नेपाल भ्रमणको निम्तो दिँदै मुक्तिनाथ र जनकपुर घुम्न प्रस्ताव गरेका थिए । यो भेटका क्रममा मोदीको तर्फबाट स्वराजले निर्वाचनमा विजयी भएको शुभकामना दिँदै चाँडै बन्ने नयाँ सरकार लागि शुभकामना दिने कार्यक्रम पनि थियो । विदेशमन्त्री स्वराज आज राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरी स्वदेश फर्कने कार्यक्रम छ ।
अन्नपूर्णबाट
तस्विरः रासस

प्रकाशित: १९ माघ २०७४ ०५:५० शुक्रबार

1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी