नेपालले २० वर्षपछि तोड्यो आफ्नै रेकर्ड

नेपालले २० वर्षपछि तोड्यो आफ्नै रेकर्ड


काठमाडौं ।  १३ ‌औं‍ साग खेलकुदमा नेपालले नयाँ कीर्तिमान बनाएको छ । साइक्लिङमा बुद्धिबहादुर तामाङले स्वर्ण पदक जितेसँगै नेपालले सागमा ३२ स्वर्ण पदक जितेको छ । नेपालले यसअघि १९९९ मा सम्पन्न आठौं सागमा जितेको स्वर्ण पदकको रेकर्ड तोडेर कीर्तिमानी कामय गरेको हो। नेपालले यसअघि १९९९ मा सम्पन्न आठौं सागमा सबभन्दा धेरै ३१ स्वर्ण पदक जितेको थियो।

बिहीबार गोकर्णमा भएको पुरुष क्रस कन्ट्रीमा बुद्धिबहादुरले स्वर्ण पदक जितेका हुन् । बुद्धिबहादुरको स्वर्णसँगै नेपालले सागको इतिहासमा एकै संस्करणमा सर्वाधिक स्वर्णको कीर्तिमान बनाएको छ ।

जारी संस्करणमा नेपाल ३२ स्वर्ण, १९ रजत र ३० कांस्य गरी कूल ८१ पदक जित्दै पदक तालिकाको दोस्रो स्थानमा रहेको छ।

सन् १९८४ मा पहिलो साफमा नेपालले चार स्वर्ण जितेको थियो भने १९८५ मा एक, १९८७ मा दुई, १९८९ मा एक, १९९१ मा दुई, १९९३ मा एक र १९९५ मा चार स्वर्ण पदक जितेको थियो ।

२००४ मा पाकिस्तानमा आयोजित साफमा नेपालमा सात स्वर्ण पदक जित्यो । २००६ मा श्रीलंकामा आयोजित सागमा नेपालले ७ स्वर्ण जितेको थियो । तर ड्रोपिङ टेस्टमा अनुत्तीर्ण भएपछि धावक राजेन्द्र भण्डारीले जितेका दुई वटा स्वर्णले मान्यता पाएनन् ।

२०१० मा ढाकामा आयोजित सागमा आठ र २०१६ मा भारतमा आयोजित १२ औं सागमा जम्मा तीन वटा स्वर्ण जितेको थियो ।

१३ औं सागमा स्वर्ण विजेताहरूः

१.मण्डेकाजी श्रेष्ठ – कराँते
२.सोनी गुरुङ – ट्रायथोलन
३. कमल श्रेष्ठ – तेक्वान्दो, पुम्से
४. निर्मला तामाङ, सरु कार्की, संगीता मगर – कराँते
५. सिना मादेन – तेक्वान्दो, पुम्से
६. मन्डेकाजी श्रेष्ठ, प्रवीण मानन्धर, महशुस तामाङ–कराँते
७. लक्ष्मण तामाङ – कराँते
८. पार्वती गुरुङ – तेक्वान्दो (पुम्से)
९. आयशा शाक्य – तेक्वान्दो (पुम्से)
१०. विप्लवमान श्रेष्ठ – कराँते
११. कुसुम खड्का – कराँते
१२. आयशा शाक्य, सञ्जिवकुमार ओझा– टीम पुम्से
१३. अनु अधिकारी – कराँते
१४. निशा दर्नाल, स्वम्तिमा तामाङ, सञ्जिला तिमल्सिना–टीम पुम्से
१५. निता गुरुङ, प्रशंसा क्षेत्री, सुशीला राई– तेक्वान्दो (पुम्से)
१६. हिमाल टमाटा – दुवाथोलन
१७. विजय सिञ्जाली – उसु (थाउलो)
१८. सुम्मिता तामाङ – उसु (थाउलो)
१९. नवीन रसाइली – कराँते
२०. सन्तोषी श्रेष्ठ – एथ्लेटिक्स
२१. काजोल श्रेष्ठ – तेक्वान्दो
२२. वीरबहादुर महरा – तेक्वान्दो
२३. सुनिता महर्जन – तेक्वान्दो
२४. अनुपमा मगर – कराते
२५. दीपक हमाल – उसु
२६. राजेश मगर – साइक्लिङ
२७. निस्मा श्रेष्ठ – साइक्लिङ
२८. संगिता बस्याल – तेक्वान्दो
२९. सक्षम कार्की – तेक्वान्दो
३०. निमा घर्ती मगर – उसु
३१. लक्ष्मी मगर – साइक्लिङ
३२. बुद्धिबहादुर तामाङ – साइक्लिङ

Logo