१५ माघ २०७८ शनिबार
1
1
1

0 Shares

राष्ट्रियसभा निर्वाचनका लागि गएराति १२ बजे देखि मौन अवधि शुरु

1
1
1
1
1
1
1
1
1

काठमाडौं
माघ २४ मा हुने राष्ट्रियसभा सदस्य चुनावका लागि आइतबार राति १२ बजे देखि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगका अनुसार मौन अवधि सुरु भए देखि चुनाव सम्पन्न नहुन्जेल राजनीतिक दल, उम्मेदवार, नागरिक समाज र मतदाताले चुनावी प्रचार प्रसारमा संलग्न हुन पाउने छैनन् ।

प्रत्येक प्रदेशबाट ३ महिला, ३ खुला, १ दलित र १ अल्पसंख्यक या अपांगता भएका गरी ८ जना निर्वाचित हुने व्यवस्था छ । ५९ सदस्यीय राष्ट्रियसभामा सात प्रदेशबाट ५६ सदस्य निर्वाचित हुनेछन् । एक महिला सहित तीन जना भने मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् । प्रदेश २ बाट भने आठै जना सहित राष्ट्रिय सभामा २४ जना निर्विरोध निर्वाचित भइसकेका छन्, बाँकी ३२ सिटका लागि ६ वटा प्रदेशमा बुधबार चुनाव हुँदैछ ।

निर्वाचन आयोगले आचारसंहिता विपरीत सञ्चार माध्यमलाई समेत चुनावलाई प्रभाव पार्ने गरी कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा समाचार प्रकाशन प्रसारण नगर्न, मत सर्वेक्षण समेत नगर्न आग्रह गरेको छ । निर्वाचन आयोगबाट जारी भएका मतदाता शिक्षाका सामग्री, सूचना वा सन्देश प्रवाह गर्न भने कुनै रोकावट गरिएको छैन ।
कान्तिपुरबाट

प्रकाशित: २२ माघ २०७४ ०७:३४ सोमबार

1
1
1
1
1
1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी